Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको स्वागतमा दोमुखामा सांस्कृतिक कार्यक्रम

पर्यटकको स्वागतमा दोमुखामा सांस्कृतिक कार्यक्रम

  • टिकाराम चापागाई
  • बिहिबार, पौस १७ २०७६


पर्यटकको स्वागतमा दोमुखामा सांस्कृतिक कार्यक्रम

सुरुङ्गा । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भ्रमण बर्ष सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको साझा दायित्व भएको बताइन् ।
शिवसताक्षी १० का वडाध्यक्ष कर्णबहादुर थापाले भ्रमण बर्ष नेपालीको साझा चाड भएकोले सबैको घरआगनमा भित्रिसकेको बताए । दोमुखामा यस बर्षभरिनै यस्ता सास्कृतिक कार्यक्रमले निरन्तता पाउने समेत बताए । कार्यक्रममा गैडे सामुदायिक वन समुहका अध्यक्ष अमृतबहादुर कार्की, माइधार बजार व्यावस्थापन समितिका अध्यक्ष कुमार गिरी, फाल्गुनन्द खानेपानीका भवानी सेलिङ, माइधार मुक्तिघाटका अध्यक्ष लीला भट्टराई लगायातको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कलाकारहरु सुरज चेम्जोङ, स्वच्छा राई, मेची अंग्रेजी मावि माइधार , रेडरोज लगायातका बिद्यार्थीले समेत साङगितीक प्रस्तुती दिएका थिए । कार्यक्रमको संचालन दोमुखा पर्यटकिय संस्थाका धनकुमार ढकालले गरेका थिए । यसैगरि अंग्रेजी नयाँ बर्षको दिन झापाका अन्य पर्यटकिय क्षेत्र कनकाईको हेप्पीलैण्ड फनपार्क, जामुनखाडी सिमसार , कालिका सिमसार लगायातमा समेत आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । पर्यटकिय संस्थाले समेत भ्रमण बर्षको अवधिभर सांस्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गरि नेपाल भ्रमण बर्ष मनाउने जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार