सांस्कृतिक कार्यक्रम गर्दै इलामको सूर्योदय नगरपालिका–४ गुफापातलमा भ्रमण बर्ष एवम नयाँ बर्ष २०२० को स्वागत गरिएको छ । गुफापातल क्षेत्र संरक्षण समितीको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा गायक कुवेर राई, मानसिंह थुलुङ, राकेश गोले, उत्तममणी बमजन लगायत नेपाल–भारतका व्यान्ड, कलाकार एवम संगितकारहरुको प्रस्तुती रहनेछ । समितीका अध्यक्ष हर्कधन तामाङको अध्यक्षतामा भ्रमण बर्षको शुभारम्भ गरिएको कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितीका कार्यकारी निर्देशक केशव द्यौरालीको प्रमुख आतिथ्यता तथा इन्जिनियर सुरेश नेम्वाङको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रतिनिधी मिलन क्षेत्रीले भारतिय पर्यटकहरुको आर्कषणको निम्ती गुफापातल क्षेत्र उत्तम गन्तव्य भएको बताए । उनले सिमा क्षेत्रको पर्यटकिय गन्तव्य भएपनि लगानी र पिकनिक स्पटको लागी पर्याप्त जग्गा नहुँदा समस्या भइरहेको औल्याए । कार्यक्रममा स्थानिय सरकारको अनुपस्थितीलाई इङ्गित गर्दै भने ‘ मेयर÷उपमेयर व्यस्त भएपनि कम्तीमा वडाध्यक्ष त आउनुप¥थ्यो नि ।’
नेकपा सूर्योदय नगरपालिका–२ का अध्यक्ष डिक बम्जनले गुफापातल क्षेत्रमा संचालित होमस्टे प्रर्वद्धनमा अग्रसरताका साथ काम गरे पर्यटकहरुको संख्या बढाउन मद्धत पुग्ने बताए । उनले लगानीका स्रोतहरु पहिचान गरेर भित्र्याउन सके पुर्व क्षेत्रमा गुफापातल क्षेत्रमा बाह्रय पर्यटकहरुको आगमन बढ्न सक्ने बताए । होमस्टे एसोसिएन प्रदेश नम्बर एकका उपाध्यक्ष धरणीधर घिमिरेले ग्रामिण पर्यटन प्रर्वद्धन होमस्टेका भुमिका उल्लेख्य रहेको बताए । गुफापातल सहित इलामका होमस्टेको संभावित क्षेत्रहरु पहिचना गरिएकाले ति क्षेत्रहरुमा एकिकृत ढंगले योजना बनाउन सके पर्यटकहरुको चाप बृद्धि हुने बताए ।

कार्यक्रममा बोल्दै विशेष अतिथी इन्जिनियर सुरेश नेम्वाङले पर्यटनमा संभावनायुक्त क्षेत्र नेपालमा धेरै रहेपनि संरचना निर्माणमा गरिएका त्रुटि र कमजोरीका कारण मौलिकता हराउने क्रम बढ्दो रहेको बताए । उनले रमणीय र प्राकृतिक क्षेत्रमा विकासका कामहरुलाई वातावरणीय प्रभाव मुल्यांकन र एकिृकृत गुरुयोजना बनाएर अगाडी बढाउदा आर्कषणको केन्द्र बनाएर बाह्रय पर्यटक भित्र्याएर भ्रमण बर्ष सफल पार्न सकिने उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथी द्यौरालीले सेवा प्रवाहमा लापरवाही र कमजोरीले पर्यटकको संख्यामा समेत असर पार्ने बताए । उनले स–साना त्रुटीले पनि भ्रमण बर्ष असफल हुने पर्यटनमैत्री वातावरण बनाउन आग्रह गरे । उनले भने ‘ सेवा प्रवाहमा भएका कमीले पर्यटकको भावनामाथी असर पर्छ । उनीहरुको इच्छालाई बुझ्न सक्ने हो भने भ्रमण बर्षमा राखिएको लक्ष्य असम्भव छैन् ।’ भारतसँग सिमा जोडिएको कारण गुफापातल क्षेत्रमा पर्यटकको आगमन बढाउन सकिने बताए ।

द्यौरालीले चालु आर्थिक बर्षमा गुफापातल क्षेत्रको विकास र प्रर्वद्धनका लागी बजेट विनियोजना भएपनि केही नितिगत र कानुनी प्रक्रियाका कारण ढिलाई भएको बताए । उनले चाडै नै समस्या समाधान गरेर यस क्षेत्रमा लगानीको वातावरण तयार गर्ने आश्वासन दिए ।

कार्यक्रममा बरिष्ठ गायक कुवेर राई र उत्तममणी ले आफनो सांगितिक प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । त्यसैगरी राकेश गोलेले सेक्साफोन बजाउँदा उपस्थित आन्तरिक एवम बाह्रय पर्यटकहरुको मन जितेको थियो । २ दिनसम्म चल्ने कार्यक्रममा नेपाल–भारतका विभिन्न व्यान्डहरुको सांगितिक प्रस्तुती रहेको छ । कार्यक्रममा विद्यालय एवम जातिय संस्थाहरुले सांस्कृतिक नृत्य एवम झाँकी प्रस्तुत गरेका थिए ।
शव्द चित्रमा गुफापातल
आधुनिक नेपालको सीमा छुट्याउने मेची मुहानको शिरमै अवस्थित गुफापातलबाट पर्यटकले बिहानीको सुर्योदयदेखि सुर्यास्तसम्मको दृश्यावलोकन गरेर आनन्द लिन सक्छन् । २ हजार मिटरको उचाईमा अवस्थित यस क्षेत्रबाट कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमश्रृङखला स्पष्ट देख्न पाइन्छ । अन्तराष्ट्रिय सीमाना, मेची नदीको मुहान, नेपाल तथा भारतका पर्यटकीय स्थल र सहरको दृश्यावलोक गुफापातलको डाँडोबाट आनन्दले देखिन्छ । सूर्योयद र सूर्यास्तसँगै हिमालमा देखिने दृश्यले अन्य पर्यटकस्थलसँग गुफापातलको तुलना नै गर्न नसकिने अनुभव साट्दै आएका छन्, पर्यटक । इलामका सबै गाविसको दृश्यसँगै सदरमुकाम इलाम बजार, फिक्कल, पशुपतिनगर, पर्यटकीयस्थ कन्याम र तराई क्षेत्र प्रष्टसँग देखिने भएपछि वर्षैपिच्छे गुफापातल आउने पर्यटकको संख्या बढ्दो छ ।
भारतको दार्जिलिङका पर्यटकीय सहर मिरिक, खर्साङ, बागडुग्रा, सुगौली सन्धि अघिको नागरिक गढी, टिस्टा नदी , दार्जिलिङका थुम्कामा गरिएको चिया खेति मात्रै हैन बंगालादेशसम्मको दृश्य एउटै डाँडाबाट देखिदाँ तेश्रो मुलुकको पर्यटकहरुको मन समेत गुफापतालले तानेको छ ।

हजारौँ पर्यटनको मन तान्न गुफापातल जसरी सफल भएको छ, यसको ऐतिहासिक पक्ष झ्न रोचक रहेको पाइन्छ । घना जंगलका बिचमा परापूर्वकालदेखि आदिवासी लेप्चाहरुले ज्ञान प्राप्तिका लागि तपस्या गर्ने चलनपछि यहाँको नाम गुफापातल भएको इतिहासकारको भनाइ छ । बिक्रम संम्बत १९९४ सालमा प्रथम विश्वयुद्धबाट फर्किएका नेपालीलाई व्यवस्थापन गर्न यहाँको जंगल फाँडेर बस्ती विस्तार गरिएको पाइन्छ । आदिवासी जनजातिको बाहुल्यता रहेको गुफापातलमा पिकनिक खान, फोटो खिच्ने पर्यटकको मात्रै हैन नेपाल, भारत र भुटानका चलचित्र निर्माताको एक उत्कृष्ट छायाङ्कन स्थल हो ।
नेपालको भूमीमा पक्कि सडक नबनाइएपनि भारतीय भु–भाग हुँदै पुगेका चलचित्र निर्माताहरुले गुफापातल क्षेत्र धर्तिको स्वर्ग भएको बताँउछन । गुफापातलको महत्व यतीमा मात्रै सिमित छैन । लोपोन्मुख काँडे भ्याकुर, सुनगोहोरो, अनेकौँ प्रजातीका चारचुरुङ्गी, पुतली, जडिबुटी र हरेक घरमा लहलह फुलेका फुलले यहाँको सौन्दर्यता झनै थपेको छ । मेची नदीको मुहानमा देखिने अनेकौँ प्रजातीका पुतली, आवाजसँगै उड्ने चराचुरुङ्गी, लोपन्मुख सुनगोहोरो र फुल खेतीले देश विदेशका पर्यटकको मन लोभ्याएको छ । यतीमात्रै हैन बस्तिमा देखिने मिलेर बसेका आदिवासी जनजातिको संस्कृति देख्दा पर्यटक टोलाइरहेको पाइन्छ ।

गुफापातल क्षेत्रको विकासका लागि अहिले स्थानीयबासी जुर्मुराइरहेका छन् । सानो लगानी र थोरै जग्गाले पर्यटक क्षेत्रको विकास गर्न नसकिएपनि स्थानीयको सक्रियताले सात रोपनी जग्गा खरिद गरि तीन कोठाको गेष्ट हाउस, चर्पी र भ्युटावर निर्माण गरेका छन् । भारतको उडिसा, मुम्बई, कलकत्ता, केरला लगायतका राज्यबाट दार्जिलिङ् घुम्म आउने पर्यटकको गुफापातल एक पोइन्ट भएको छ । पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन वृद्धिसँगै गाउँका आकर्षक र कलात्मक घरमा होम स्टेको विकास हुदैँ आएको छ । गुफापातल आएर रात बिताउन चाहाने पर्यटकका लागि स्थानीयका १० घरमा होमस्टेको विकास गरि बास बसाइदै आएको हो ।
गुफापातलको यात्रा गर्ने तीन वटा कच्चि सडक रहेका छन् । मेचीराजमार्गको फिक्कल छिरुवा, मेचीबजार, छब्बिसे हुदै गुफापातल पुग्न सकिन्छ । यस्तै फिक्कल बरबोटे माने सुदुङ कट्टेबुङ लालिखर्क सल्लेरी मेची बजार हुँदै अनकौँ प्राकृतिक दृश्य हेर्दै पुगिन्छ । गुफापातल मेचीराजमार्गको फिक्कल हुँदै पशुपतिनगरसम्म आफ्नो सवारीसाधनमा यात्रा गर्न सकिन्छ । पशुपतिनगरमा सवारीसाधन पाकिङ गरि भारतीय नम्बर प्लेटको सवारीसाधन रिर्जव गरि सहज गुफापातल पुग्न सकिन्छ ।