Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा फनपार्क निर्माण हुँदै

इलाम नगरपालिकामा फनपार्क निर्माण हुँदै

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १३ २०७६


इलाम नगरपालिकामा फनपार्क निर्माण हुँदै

इलाम : इलाम नगरपालिका र नगर विकास कोष बीच आज इलाम नगरपालिका वडा नं ७ मा फन पार्करचिल्ड्रेन पार्क निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत तथा कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले संयुक्त हस्ताक्षर गरेका हुन् ।
अनुमानित कुल लागत ४ करोड ७९ लाख रहेको आयोजनाको ७० प्रतिशतले हुन आउने रकम रु ३ करोड ३५ लाख ३० हजार रकम कोषले २ वर्ष सहुलियत अवधि सहित २० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । दुई वर्षमा सम्पन्न भइसक्ने उक्त आयोजनामा नगरपालिकाले लागतको ३० प्रतिशत हुन आउने रकम रु १ करोड ४३ लाख ७० हजार वेहोर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार