फिक्कल । भाषा धर्म लिपि र सास्कृतिक रुपले समृद्ध लाप्चा (रोङ ) समुदायको नयाँ बर्ष (नाम आल ) क्लोक नाम (मुसा बर्ष) पौष ११ गतेदेखी सुरु भएको छ । पितृ देवता र प्रकृतिको पुजाआजा गर्दै विभिन्न नया अन्नबाली कन्दमुल फलफुल चडाउदै सम्पुर्ण प्राणी जगतमा सुख शान्ती को कामना गर्दै लाप्चा समुदायले ठुलाबडा बाट आशिर्वाद ग्रहण र शुभकामना आदन प्रदान गर्दै नयाबर्ष मनाउने गरेको पाइन्छ ।
लाप्चा भासामा कोङ्की (पैयू) फुल्न थालेपछि नया सम्वत फेरिन्छ भन्ने आधारमा यो नया बर्ष को सुरुवात भएको लाप्चा ग्रन्थहरु अनुसार पौष महिना को औशीको रातमा लाप्चाहरुको पुरोहित जोर्बुङ्थिङले (मुङपुनु) भुतको राजालाई युद्दमा परास्त गरेको उपलक्ष्यमा पनि यो चाड मनाउने गरेको किंवदन्ती रहेको छ ।

विभिन्न जनावार पशुपङक्षीको नामकरण अनुसार लाप्चा जातिहरुको बार्ह महिना अनुसार मुसा बर्ष पहिलो र यो बर्ष प्राणीजगात लाई सुखदायी रहेको बिस्वास गरिन्छ । यसै बिच पौष १२ गते सुर्योदय नगरपालिका–८ को याङथोङ स्थित एक कार्यक्रम विभिन्न सास्कृतिक झाकिहरु सहित नामआलरनाम्बुन (९क्लोक नाम ) २३४० औ शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा लाप्चा भाषा गुरुहरु बाट प्रार्थना गर्दै लाप्चा बुङ्थिङ (पुरोहित) छत्रबहादुर लाप्चा द्वारा प्रकिती र सिङ्गो प्राणी जगतको रक्षर्था प्रार्थना गर्दै पुजाआजा गरिएको थियो ।
उक्त कार्यक्रममा सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेबि भट्टराईले शुभकामना व्यक्त गर्दै स्थानीय सरकार बाट हाल यस क्षेत्रमा आदिवासी रजनजातीहरु को भाषा संस्कार संसकृतीको सरंक्षण लागि नीति तथा कार्यक्रम बनिरहेको बताइन् । स्थानिय सरकारले रोङजातीको यस नामआल पर्वलाई साझा राष्ट्रिय चाडको रुपमा बिकास गर्न पहल गर्ने बताइन् ।
रोङ सेजुम ठि एकाइ अध्यक्ष मनमाया लाप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोङ सेजुम ठि का अध्यक्ष बिबि रोङकप वाड न १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज वडा नं ११ का टेक बहादुर राई आदिबासी जनजाती महासङ्घ सुर्योदयका अध्यक्ष सोनाम योल्मु वडा सदस्य रमेस प्रधान लगायतले शुभकामना मन्तब्य राखेका थिए । इलाम जिल्ला को सुर्योदय नगरपालिका रोङ गाउँपालिका, इलाम नगरपालिकाको गोदक लगायत को क्षेत्रहरूमा लोपोन्मुख लाप्चा समुदायको विशेष बसोबास रहेको छ ।