Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

धमाधम सम्मानित हुँदै १३ औ सागकाे पदक विजेता इलामेली खेलाडी

धमाधम सम्मानित हुँदै १३ औ सागकाे पदक विजेता इलामेली खेलाडी

  • नमीन ढकाल
  • शनिबार, पौस ५ २०७६


धमाधम सम्मानित हुँदै १३ औ सागकाे पदक विजेता इलामेली खेलाडी

इलाम । १३ औ सागमा पदक जित्ने इलामेली खेलाडीहरु धमाधम सम्मानित हुन थालेका छन् । सोमबार इलाम विकास समाजबाट सम्मानित भएका खेलाडीहरुलाई शनिबार सहिद रत्नकुमार वान्तवा खेलकुद केन्द्रले सम्मान गरेको हो । समाजले ५ जनालाई सम्मान गरेको थियो भने केन्द्रले ७ जनालाई सम्मान गरेको हाे । जानकारी अभावका कारण इलाम विकास समाजको कार्यक्रममा सुमित्रा राई र सदिश प्रधान सम्मान पाउनबाट छुटेका थिए । सहिद रत्नकुमार वान्तवा खेलकुद केन्द्रले सागमा २ स्वर्ण १ रजत र ४ कास्य पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।
फुटबलतर्फ स्वर्ण विजेता इलाम सन्दकपुर गाउँपालिका–५ का छिरिङ गुरुङ, उसुतर्फ स्वर्ण विजेता देउमाई नगरपालिका–३ कि जुनी राई, उसुतर्फकै कास्य विजेता फाकफोकथुम–६ की सुमित्रा राई, महिला फुटबलतर्फ रजत विजेता सूर्योदय नगरपालिका–११ तीनघरेकी एन्जिला तुम्बापो सुब्बा, महिला विच भलिबलतर्फ कास्य विजेता माङसेबुङ–१ गजुरमुखीकी विनिता बुढाथोकी र बास्केटबलतर्फ कास्य विजेता, सन्दकपुर गाउँपालिका–३ का विजय बुर्जा र बास्केटबलका कप्तान सदिस प्रधानलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो । उनीहरुलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुभासचन्द्र नेम्बाङलगायतले खेलाडीलाई नगद, माला र सम्मान पत्र प्रदान गरे ।
सात इलामेली खेलाडी सप्तऋषि : खनाल
पूर्व प्रधानमन्त्री खनालले सात खेलाडीलाई सप्तऋषिको सज्ञा दिंदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा प्रकट गरे । उनले राष्ट्रको सान राख्ने खेलाडीलाई सरकारले उचित सम्मान र अवसर प्रदान गर्ने प्रतिबद्धता जनाए । पूर्व सभामुख नेम्बाङले पदक विजेता इलामेली खेलाडीले इलामको मात्र नभइ राष्ट्रको शिर उच्चो राखेकोमा बधाई दिए ।  सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रका अध्यक्ष संजिव राईले खेलाडीहरुलाई राज्यले अपमान गर्न नहुने भन्दै जीवन धान्न सक्ने अवसरहरु प्रदान गर्न माग गरे । उनले अहिलेका पदक विजेता खेलाडीले हरियो पासपोर्ट बोकेर विदेशी भूमिमा श्रम गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले आवश्यक ब्यवस्था गर्न माग गरे ।

याे पनि पढ्नुहाेस्

१३ औ सागमा मेडल दिलाउने इलामेली खेलाडी काठमाण्डौमा सम्मानित

खेलाडीहरुलाई सम्मानका लागी व्यवसायी डिल्ली बराइलीले ५६ हजार नगद उपलब्ध गराएका हुन । साथै गोल्डेन पीक स्कुल, चावहील, अल्फा सिग्मा म्यानपावरलगायत व्यवसायी तथा युवाहरुले पनि सहयोग जुटाएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य अगम वान्तवा, प्रदेश सभा सदस्य तथा नेकपा इलामका अध्यक्ष राम रानालगायतले खेलाडीलाई राज्यले सक्दो सम्मान गर्नुपर्ने बताए । तिलक अर्यालले सहजिकरण गरेको कार्यक्रममा एन्फाका पुर्व महासचिव एवम पहिलो सागको स्वर्ण विजेता धिरेन्द्र प्रधान, १२ औ सागका स्वर्ण विजेता नवयुग श्रेष्ठ, नेकपाका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।


संजिव राईको अध्यक्षता खुलेको सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रको बरिष्ठ उपाध्यक्ष निर्भिक चित्रकार खनाल, महासचिब तिलक अर्याल, उपमहासचिबमा कुनाल डी राईका साथै केन्द्रका कोषाध्यक्ष सन्तोस राई लगायत युवाहरुको सक्रियतामा कार्यक्रम आयोजना भएको हो । केन्द्रले आगामी दिनमा खेल र खेलाडीहरुको प्रोत्साहनका लागि अझ प्रभावकारी कार्यक्रम गर्दै लैजाने केन्द्रका उपमहासचिब कुनाल डि राईले जानकारी दिए ।
यसअघि इलाम विकास समाजको आयोजना युवा समाजसेवी डम्बर खडकाले सोमबार ५ जना खेलाडीलाई सम्मान गरेका थिए । उनले स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाका दरले प्रदान गरेका थिए । समाजसेवी खड्काले इलामबाट प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार