Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

खोटाङका पत्रकार राईलाई प्रदेश नम्बर एक स्तरिय मानवअधिकार पत्रकारिता पुरस्कार

खोटाङका पत्रकार राईलाई प्रदेश नम्बर एक स्तरिय मानवअधिकार पत्रकारिता पुरस्कार

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २५ २०७६


खोटाङका पत्रकार राईलाई प्रदेश नम्बर एक स्तरिय मानवअधिकार पत्रकारिता पुरस्कार

इलाम । प्रदेश–१ स्तरीय छैटौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार दमन राई पुरस्कृत भएका छन् । मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानवअधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार राईलाई प्रदान गरिएको हो । ७१औँ विश्व मानवअधिकार दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पत्रकार राईलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले नगद १० हजारसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानवअधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ । खोटाङमा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका राई नागरिक दैनिकमा आवद्ध छन् । उनी नेपाल पत्रकार महासंघ खोटाङ शाखका अध्यक्षसमेत हुन् ।
मानवअधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्था एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार