Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्वी पहाडमा पहिलो पटक इलाममा भित्रियो फुटसल

पुर्वी पहाडमा पहिलो पटक इलाममा भित्रियो फुटसल

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २५ २०७६


पुर्वी पहाडमा पहिलो पटक इलाममा भित्रियो फुटसल

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र सुरेन्द्र राईले करिब ९५ लाख रुपैयाको लागतमा इलाम नगरपालिका–९ मा फुटसल सुरु गरेका हुन् । ६ महिना लगाएर निर्माण गरिएको फुटसलको आज इलाम नगर प्रमुख महेश बस्नेतले उद्धघाटन गरे । उद्धघाटनका अवसरमा ४ टिम सम्मिलित मैत्रीपुर्ण फुटबल खेल समेत गरिएको छ । पहिलो खेल इलामका पत्रकार र राजनितिक दलका प्रतिनिधीहरुबिच भएको थियो ।
जसमा राजनितिक दल ७–३ गोल अन्तरले बिजयी भए । टिका खतिवडाको आत्मघाती गोलबाट राजनितिक दलले अग्रता बनाएको थियो । १–० ले पछि परेको पत्रकार टिमका लागी नमीन ढकालले बराबरीमा ल्याए । त्यसपछि राजनितक दलले ६ गोल थप्यो । पत्रकार टिमका लागी टिका खतिवडा र ख्याम भुजेलले गोल १÷१ गरे । दोश्रो खेलमा जनप्रतिनिधीले साहित्यकारको टिमलाई ८–७ ले पराजित ग¥यो ।
फाइनल खेल आगामी शनिवार जनप्रतिनिधी र राजनितिक दलबिच हुने छ । उद्धघाटन पछि बोल्दै नगर प्रमुख बस्नेतले जिल्लामा नै पहिलो फूटसलमा लगानी भएकाले यसको दिर्घकालिन भविष्य खोज्न जुट्ने बेला आएको बताए । उनले पछिल्लो समय फूटसल खेल प्रति बालबालिका र युवाहरुको आकर्षण बढेको बताउदै खेल कौशलता सिक्न फूटसल आवश्यक रहेको धारणा राखे ।
लगानीकर्ता रोशन राईले चुनौतीका साथ लगानी गरिएको भएपनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल संचालन भएकाले यस प्रति आर्कषण बढ्दै गएको बताए । प्रदेश एकमा हाल १६ वटा  फुटसल काेर्ट संचालनमा छन् । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, खेलसम्वद्ध समितिका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानियको उपस्थिती रहेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार