Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर प्रमुख राई प्रदेश समन्वय समिति सदस्यमा मनोनित

सूर्योदय नगर प्रमुख राई प्रदेश समन्वय समिति सदस्यमा मनोनित

  • स्मिता देवान राई
  • शुक्रबार, मंसिर २० २०७६


सूर्योदय नगर प्रमुख राई प्रदेश समन्वय समिति सदस्यमा मनोनित

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा मनोनित भएका छन् । प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम अन्र्तगत प्रदेश तथा कार्यक्रमको समग्र व्यवस्थापन गर्न मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गठन भएको समितिमा राई सदस्यको रुपमा मनोनित भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा दुहवी नगरपालिका सुनसरीका प्रमुख वेद नारायण गच्छदार, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई, कमल गाउँपालिका झापाकी अध्यक्ष मेनुका काफले, धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारी, सिद्धिचरण नगरपालिका ओखलढुङ्गाकी उपप्रमुख इच्छाकुमारी गुरुङ्ग, ग्रामथान गाउँपालिका मोरङकी उपाध्यक्ष फुलकुमारी चौधरी र चौविसे गाउँपालिका धनकुटाकी उपाध्यक्ष यज्ञकुमारी रुचाल गजमेर रहेका छन् । समितिको पहिलो बैठक मंसिर २४ गते बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार