Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

बाला चतुर्दशीको अवसर पारेर इलाममा बुद्धको मूर्ती अनावरण

बाला चतुर्दशीको अवसर पारेर इलाममा बुद्धको मूर्ती अनावरण

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ९ २०७६


बाला चतुर्दशीको अवसर पारेर इलाममा बुद्धको मूर्ती अनावरण

इलाम । इलाम नगरपालिका इलामको आर्थिक सहयोगमा वडा नं ३ वेतेनी शिवालयमा मन्दिर सौन्दर्यीकरण तथा बुद्धको मूर्ती बाला चतुर्दशीको अवसर पारेर आज भव्य कार्यक्रम सहित अनावरण भएको छ । नगर प्रमुख श्री महेश बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका अग्रज समाजसेवीहरुलाई सम्मानको कार्यक्रम समेत रहेको थियो ।


सोही अवसरमा आयोजित खुल्ला भलिवल तथा व्याटमिण्टन प्रतियोगिताको फाइनल खेल समेत सम्पन्न भएको छ । खुल्ला भलिवल तर्फ वडा नं ५ ले प्रथम स्थान तथा वडा नं ३ विणापाणीले द्दितिय स्थान हात पारे भने व्याटमिण्टन ए मा रवि खेलकुद समूह प्रथम पुवाखोला खेलकुद समूह द्दितिय भएका हुन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सभासद माननीय राम राना तथा विशिष्ट अतिथि नगर प्रमुख महेश बस्नेतले पुरस्कार तथा ट्रफि वितरण गरे । कार्यक्रममा इलामका चर्चित कलाकार राजेश चाम्लीङ्ग लगायतको कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार