Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

समन्वय समितिहरूको समीक्षा बैठक सम्पन्न

समन्वय समितिहरूको समीक्षा बैठक सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ३ २०७६


समन्वय समितिहरूको समीक्षा बैठक सम्पन्न

इलाम : इलाम नगरपालिकाले गठन गरेको ७ वटा समन्वय समितिहरूको समीक्षा बैठक आज सम्पन्न भएको छ । नगर प्रमुख श्री महेश बस्नेत ज्यूको अध्यक्षतामा बसेको बैठकमा समितिहरूले गत आर्थि बर्षमा गरेको कार्यक्रम तथा यस आर्थिक बर्षमा गरिने कार्यक्रमको वारेमा छलफल भएको छ ।
कार्यक्रममा नगर प्रमुख बस्नेतले समितिको गठनको उदेश्य प्रष्ट पार्दै समिति नगरको अभिन्न अंग भएकोले समृद्द नगर निर्माणका लागि समितिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले
समितिले गर्ने प्रत्येक कार्यक्रममा नगरवासीको सहभागिता तथा अपनत्व जनाउने किसिमको र सवै कार्य कानून , नियम र विधि संगत हुनु पर्ने कुरामा निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार