Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

समाचार मार्फत चरित्रहत्या गरिएको प्रति पिडितको आपत्ती

समाचार मार्फत चरित्रहत्या गरिएको प्रति पिडितको आपत्ती

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १ २०७६


समाचार मार्फत चरित्रहत्या गरिएको प्रति पिडितको आपत्ती

फिक्कल । माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले गाउँमा मिलेको घटना प्रहरीमा उजुरी गर्न उक्साएको भनेर केही संचारमाध्यममा प्रकाशित समाचार प्रति पिडित वडा नं २ जोगमाईकी निशा राईले आपत्ती जनाएकी छन् । उनले समाचारमा आएको जस्तो गरी अध्यक्षले आफुलाई उक्साएको नभई घटना पछि कानुनी उपचारको सल्लाह मागे बमोजिम दिएको कार्तिक २७ गते विज्ञप्ती प्रकाशित गर्दै जनाएकी छन् ।
‘यसमा मैले मेरो घरमा झगडा हुँदा हातपात भयो म के गरु भनि अध्यक्षलाई सोधखोज गरे यसमा मेरो आशय चाही वहाँले गाउँमा मिलाइदिनु हुन्छ की भन्ने थियो तर वहाँले यदि झै झगडा वा हातहालाहाल भएको हो भने यस प्रकारको फौजदारी प्रकृतीको विवाद रहेछ मैले मिलाउन मिल्दैन यसका लागी प्रहरी वा अदालतमा जानुस भन्नु भएको थियो । पछि इलाका प्रहरी कार्यालय पशुपतीनगरमा उजुरी हुँदा मलाई सबै कसले सिकायो किन प्रहरीमा उजुरी हालेको भनि सोध्दा अध्यक्षले सल्लाह दिएको भनि भनेको थिए ।’ विज्ञप्तीमा भनिएको छ ।
केही समयअघि इलामका केही संचारमाध्यमले गाउँका युवा फसाउदै गाउँपालिका अध्यक्ष भनेर गाउँमा मिलि सकेको घटना विवाद बल्झाउदै प्रहरीमा उजुरी गर्न लगाएको भन्दै समाचार प्रकाशन र सोही सम्वन्धी भिडियो युटयुव च्यानलमा अपलोड गरेका थिए । उनले आफु र गाउँपालिका अध्यक्षलाई बदनाम गराउने उद्धेश्यले चलखेलले समाचार प्रकाशन गरेकाे विज्ञप्ती मार्फत स्पष्ट पारेकी छन् । नियतवश संचारमाध्यमले करकापमा पारेर आफुले चाहे जस्तो जवाफ पाउने उद्धेश्य राखेर प्रश्न गर्दै अनुमती नलिइ भिडियो समेत सार्वजनिक भएकोमा भन्दै  आपत्ती प्रकट गरिन् ।
‘म जस्तो सोझो मान्छेलाई चेपी चेपी बन्द प्रश्न गराई मेरो अनुमती विना युटयुव जस्तो सामाजिक संजालमा राख्ने गरिएको छ । मेरो अनुमती विना किन राखियो यसमा मेरो आपत्ती छ ।’ उनीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । समाचारमा लेखिएको कुरा आफु र अध्यक्षलाई फसाउने उद्धेश्यले अभिप्रेरित भएको उनको आरोप छ ।
‘अन्तमा फेरी पनि स्पष्ट पार्न चाहन्छु की अध्यक्षले यस प्रकारको फौजदारी मुद्धा हामीले मिलाउन मिल्दैन प्रहरी वा अदालतमा जानु राम्रो भनेको यहि कुरालाई अध्यक्षले उक्साएको भन्नु गलत हो ।’ उनले आफु लेख्न नजान्ने र अरुले लेखेको कुरा सहि गर्ने भएकाले लामो लेखिएको निवेदनका सबै कुरा कण्ठ नभएको बताइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार