Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराएपछि‍‌‌‍‍‍…… (भिडियाे सहित)

भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराएपछि‍‌‌‍‍‍…… (भिडियाे सहित)

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ३० २०७६


भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले  राष्ट्रिय झण्डा फहराएपछि‍‌‌‍‍‍…… (भिडियाे सहित)

इलामको सन्दकपुरमा भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएको छ। करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो।सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। अनेरास्ववियू केन्द्रिय सदस्यद्वय रविन्द्र सुवेदी र सन्धीभक्त शंकरको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए। टाेलीमा अनेरास्ववियू इलामको नेताहरु प्रबेश पराजुली ,नयन राई ,मनिष लिम्बू उषा लिम्बू ,बिप्लव थापा, खेमसागर खनाल ।दिनेश ढकाल, शुसान्त चापागाईं , मुना धिताल, प्रबिन सुवेदी, शेखर तिम्सिना, एमबि गुरुङ, सनम राई ,विशाल कार्की, नारायण पोख्रेल त्यसैगरी युवा संघ नेपाल इलामको निवर्तमान अध्यक्ष अरुण बराल लगायत रहेका थिए ।

 
केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियो। सुवेदीले भने, ‘भ्यु टावरको काम अगाडि बढाउन त दिएनन् दिएनन्, त्यहाँ प्रवेश निषेधको बोर्ड राखेका रहेछन् भारतीय सीमा सुरक्षा बलले।’ अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको उनले बताए। सन्दकपुर गाउँपालिकाले सूर्योदयको दृश्यावलोकनका लागि भ्यु टावर बनाउन लागेको थियो। सुवेदीले भने, ‘शनिवार बिहान पनि केही पर्यटकहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएनन्। हामी हेरिरहेका थियौं।’
सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो। ‘उक्त अतिक्रमित क्षेत्रमा एकजना मात्र एसएसबीका जवान थिए पहिला,’ अखिलका केन्द्रीय सदस्य सुवेदीले भने, ‘हामीलाई तर्साउन अलि ठूलो समूह आयो फेरि। उनीहरुले ढुंगा मुडा पनि गरे। हामीले प्रतिकार गर्यौं र हाम्रो राष्ट्रिय झण्डा फहरायौं।’ कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए । घटना भएको केही समयपछि ३० किलोमिटर भन्दा बढी दुरीमा रहेको पशुपतीनगरको सिमा सुरक्षा बल सन्दकपुर पुगेको थियो । सिमा सुरक्षा बल पशुपतीनगरमा प्रमुख पवन खड्काले विद्यार्थीहरुको कार्यक्रममा एसएसबीले अवरोध गर्दा सामान्य घम्साघम्सी भएपछि ठुलो क्षति भने नभएको बताए । उनले घटनाको जानकारी आउने वितिकै टोली सन्दकपुर पुगेपछि स्थिती साम्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार