Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधान सम्पादक तिमसिना काठमाडौँमा सम्मानित

प्रधान सम्पादक तिमसिना काठमाडौँमा सम्मानित

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक २४ २०७६


प्रधान सम्पादक तिमसिना काठमाडौँमा सम्मानित

काठमाडौँ । स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कमका प्रधान सम्पादक सुजन तिमसिना काठमाडाैँ सम्मानित भएका छन् । संचार क्षेत्रमा सक्रिय रहेर समाजमा योगदान गरेकोमा कदर गर्दै तिमसिना समाज केन्द्रिय समितिले सम्मान गरेको हो । शनिवार बल्खुमा आयोजित एक कार्यक्रमका बिच पत्रकार तिमसिनालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमसिनाले सम्मानपत्र हस्तान्तरण गरेका थिए । इलामबाट नेपाल टेलिभिनमा काम गर्दै आएका पत्रकार तिमसिना डेढ दशक देखी सक्रिय पत्रकारिता गरिरहेका छन् ।


टेलिभिजन पत्रकारीतामा सक्रिय रहेका तिमिसिना वृत्तचित्रका निर्देशक पनि हुन् । राजनीति, विकास र पर्यटनमा कलम चलाउने तिमसिना नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष पनि हुन् । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमसिनाले समाजको परिवर्तन र विकासका लागि साहित्य, पत्रकारीता क्षेत्रको ठुलो योगदान रहेकाले पत्रकारीता क्षेत्र अझ ससक्त भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार