आइतबारे । सामाजिक विकास मन्त्रालयले इलामको मेची अञ्चल आयुर्वेद औषधालयलाई १५ बेडको अस्पतालमा स्तरउन्नतीमा लगानी गरेसँगै विषेशज्ञ सेवा शुरु भएको छ । बिषेशज्ञ डाक्टरको पदपुर्ति भएपछि पेट नाककान घाँटी नसा र पायल्स, फिस्टुला नियमित उपचार थालनी भएको हो ।

प्रदेश सरकारको लगानीमा स्तरउन्नती भएको मेची अञ्चल आयुर्वेद औषधालयमा विषेशज्ञ डाक्टरबाट उपचार सेवा शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले औषधालयलाई १५ बेडको अस्पतालमा स्तरउन्नतीमा लगानी गरेसँगै बिरामीलाई विषेशज्ञ सेवा प्रदान गर्न थालेको हो ।

सूर्योदय नगरपालिका ११ स्थित आइतबारेमा रहेको औषालयको पुरानो भवनको मर्मतसँगै नयाँ भवन भाडा लिएर बिषेशज्ञ सेवा शुरु गरेको औषधालयका प्रमुख तिर्थ आचार्यले बताउनुभयो ।
बिषेशज्ञ डाक्टरको दरबन्दि पदपुर्ति भएपछि पायल्स, फिस्टुला रोगको स्वास्थ्य शिविर आयोजना गरि नियमित उपचार थालनी गरिएको छ । विषेशज्ञ डाक्टरको नियमित भएपछि पायल्स फिस्टुला एक सय रोगीको उपचार भइसकेको छ । औषधालयले अहिले नाक कान घाटी सम्बन्धि उपचार पनि बिशेषज्ञ डाक्टरबाट सेवा दिन थालेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका बिरामीलाई लक्षित गरि स्वास्थ्य शिविर र प्रचारात्मक कार्यक्रम समेत औषधालयमा हुँदै आएको छ ।

औषधालयले चाँडै प्यारालाइसिस र नासा सम्बन्धि सेवा थप गर्ने कार्यालय प्रमुख तिर्थ आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारको लगानीमा स्तरउन्नतीको काम भएपछि औषधालयमा अहिले बिरामीको चाप बढेको छ । नसा, पेट, पायल्स, नाक कान घाटीसम्बन्धि जटिल रोगका बिरामीको उपचार भएसँगै बिरामीको चाप बढेको स्थानीय व्यवस्थापन समिति सदस्य वंशिधर दाहालले बताउनुभयो ।