इलाम । पर्यटन क्षेत्र सन्दकपुरको प्रचारका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनाल शुक्रबार सन्दकपुर जाने सिलसिलामा इलाम आइपुगेका छन्। खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै छन्। यहाँ आइपुगेका नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताए।
बिहीबार इलामको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले जोडदिए। नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आएका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवर्द्धन गर्नुपर्ने बताए। उनले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताए।