मंगलबारे : तिहार नजिकिएसंगै देउमाई नगरपालिकाको राँके बजार अनुगमन गरिएको छ । नगर उपप्रमुख पविमाया राईको संयोजकत्वमा रहको टोलीले बजारका किराना, खाध्य, होटल, मिठाइ पसल तथा मासु पसलको गरी ४७ वटाको अनुगमन गरेको हो । अनुगमनका क्रममा केही पसल दर्ता नभइ संचालन गरिएको पाइएको निरिक्षण अधिकृत नविन पौडयालले जानकारी दिए ।

बजारमा रहेको एउटा मदिरा पसलले इजाजत नलिइ र सुन पसल दर्ता नभएकोले दर्ताका लागी दिइएको निर्देशनलाई पालना नगरे नियम अनुसार कारवाही गर्न गरी सचेत गराइएको पौडयालले जानकारी दिए । अनुगमन टोलीमा उद्योग वाणिज्य संघ देउमाईका अध्यक्ष तारा थापा, प्रहरी चौकी मंगलबारेका सई हेमबहादुर कटुवाल, रोजगार संयोजक सनम चापागाई लगायत रहेका थिए । चाडबाड नजिकिएसंगै जिल्लाका विभिन्न बजारमा अनुगमन कार्य तिव्र रुपमा अगाडी बढाइएको छ ।