Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जिल्ला प्रहरी कार्यालय इलाममा ६४ औ प्रहरी दिवश मनाइयो

जिल्ला प्रहरी कार्यालय इलाममा ६४ औ प्रहरी दिवश मनाइयो

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज २५ २०७६


जिल्ला प्रहरी कार्यालय इलाममा ६४ औ प्रहरी दिवश मनाइयो

इलाम । ६४ औ प्रहरी दिवश जिल्ला प्रहरी कार्यालय इलाममा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । इलाम जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आथित्यता र इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको बिशेष आथित्यतामा कार्यक्रम प्रहरी दिवश कार्यक्रम सम्पन्न भएको थियो ।


प्रहरी दिवशमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की , राजनैतिक दल सुरक्षा निकायका प्रमुखहरु, नागरीक समाज, उधोग ब्यवसायी, पुर्व प्रहरी कर्मचारी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अमर प्रहरीका परिवारजन तथा पुर्व प्रहरी कर्मचारी तर्फका जेष्ठ सदस्यलाई दोसल ओढाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा प्रहरी चौकी निर्माणको लागी जग्गा प्रधान गर्ने ४ जना जग्गा दाताहरुलाई कदर पत्र बितरण गरीएको थियो ।


संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बाट ६४ औ प्रहरी दिवशको अवशरमा दिनु भएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बाचन गरेका थिए । कार्यक्रमका प्रमुख अथिति जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बरालले अनुसन्धान क्षेत्रमा नेपाल प्रहरी एउटा दक्षिण एसियाकै नमुनाको रुपमा रहेको बताए । त्यसैगरी इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सम्पुर्ण प्रहरी कर्मचारीहरुको काम उच्च प्रशंसा गर्नुभएको थियो ।

प्रहरी दिवशकै अवसरमा जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी जवान दिर्घ श्रेष्ठले बिभिन्न जघन्य अपराधहरु लागू औषध, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार लगायतका मुद्धामा काम गरेकोमो प्रहरी प्रधान कार्यालयले पुस्कृत गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी जवान मुकुन्द माझीले आफ्नो जिउ ज्यानको प्रभाह नगरी रेस्क्यु एंव उद्वार कार्यमा निर्वाह गरेको भुमिकाले प्रहरीको छबि उच्च राखेको कारण निजलाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले २५ हजार नगद सहित पुरस्कृत गरेको थियो । प्रहरी दिवशमा साथै जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री सहित जम्मा २० जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार