Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

भारतिय राजदुत मञ्जीवसिंह पुरी इलाममा

भारतिय राजदुत मञ्जीवसिंह पुरी इलाममा

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज १९ २०७६


भारतिय राजदुत मञ्जीवसिंह पुरी इलाममा

फिक्कल । नेपालका लागी भारतिय राजदुत मञ्जीवसिंह पुरी इलाम आएका छन् । शनिबार साँझ आइपुगेका उनी आज पशुपतीनगर नाका हुँदै भारतको दार्जिलिङ जिल्ला तर्फ जाने कार्यक्रम रहेको छ । राजदुतसंगको टोलीमा केही दुतावासका कर्मचारी र सुरक्षाकर्मी रहेको इलामका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । राजदुत सहितको टोली आज विहान ९ बजे भारत तर्फ जाने र साँझ सुर्योदय नगरपालिका–८ पाल्टागेमा रहेको होटल इस्र्टन ब्लुमा बस्ने कार्यक्रम तय भएको बुझिएको छ ।
नेपालका लागी राजदुत बनेपछि पुरी बर्षमा कम्तीमा एक पटक इलाम आउने गरेका छन् । गत बर्ष समेत उनी सुर्योदय नगरपालिका आएर पशुपतीनगर भन्सारको कार्यालयमा स्थानिय जनप्रतिनिधीहरुसंग नेपाल भारत सिमा क्षेत्रका समस्याहरु समाधानका लागी पहल गर्ने प्रतिवद्धता जनाएका थिए । पुरीले पशुपतीनगर नाका हुँदै आउने पर्यटकहरुको संख्याको बारेमा चासो राखेका थिए । पशुपतीनगरमा नगर प्रमुख लगायत जनप्रतिनिधीहरुसंग कुरा गर्दै पुरीले नेपाल भारत व्यपारका लागी आफनो पहल हुने र पशुपतीनगरमा अध्यागमन कार्यालय राख्नका लागी पहल गर्ने बताएका थिए ।
पर्यटकीय सम्भावना बोकेको जिल्लाकै भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा यता आउन चाहने पर्यटक मुखैमा आएर फर्किन बाध्य छन् । पशुपतिनगरभन्दा ३६ किलोमिटरमा रहेको दाजिलिङ बर्षेनी हजारौं पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार