माईजोगमाई । माईजोगमाई गाउँपालिका वडा नम्बर १ का आगलागी पिडित रेस बहादुर निरौलालाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । केहि समय अघि बिधुत सट भई घरमा आगो लागि पुर्ण रुपमा क्षति भएका निरौलाको परिवारलाई गाउँपालिकाको बिपत ब्यवस्थापन कोषबाट नगद ५० हजारको चेक पिडित निरौलालाई प्रमुख प्रशाशकिय अधिकृत चन्द्र प्रकाश बस्नेतले हस्तान्तरण गरे ।
यस्तै माईजोगमाई गाउँपालिकाको वडा नं ३ का योगेन्द्रमणी घिमिरेका छोरा निगम घिमिरे बिगत लामो समय देखि भारतको सिलगडीमा छाला सम्बन्धी रोगको उपचार गराई रहेका र आर्थिक अवस्था कमजोर रहेकोले उनलाई थप उपचारमा सहयोग गर्न गाउँपालिकाले नगद १५ हजारको चेक हस्तान्तरण गरिएको अधिकृत बस्नेतले दिए ।