इलाम । इलाम नगरपालिकाले एकैदिन २ वटा वडा कार्यालय उद्धघाटन गरेको छ । नगर प्रमुख महेश बस्नेतले वडा नं ३ र ४ को वडा कार्यालय उद्धघाटन गरेका हुन । वडा नं ३ को ३० लाख १४ हजार रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भने वडा नं ४ को भवन निर्माणका लागी ३४ लाख ८ हजार रुपैया लागेको थियो । वडा कार्यालय निर्माणका लागी जग्गा दिने दाताहरुलाई नगर प्रमुख बस्नेतले सम्मान गरेको थिए ।

स्थानिय सरकार गठन भएपछि भौतिक पुर्वाधारको अभावमा दैनिक कार्यहरु गर्न असहज बन्दै गएको थियो । भवन नहुँदा भाडामा कार्यालय संचालन गर्नुपर्ने स्थानिय सरकारको बाध्यता रहेको थियो । भवन निर्माणपछि सहज रुपमा सेवा प्रदान हुने वडा नं ३ का अध्यक्ष तिर्थ गुरुङले बताए ।