माई । इलामको माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेको पार्किङ गरेर राखिएको गाडी मुनी अज्ञात समुहले प्रेसर कुकर बम राखेको छ । माई नगरपालिका–२ मा रहेको नगरप्रमुखको कम्पाउन्डमा राखिएको मे १ ज २९११ नम्बरको बोलेरो मुनी बिहान करिब ७ बजेको समयमा बम फेला परेको उनका चालक खगेन्द्र राईले बताए ।

तत्काल चारआलीमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपछि ११ बजेको समयमा डिस्पोजल गरिएको थियो । नगर प्रमुख थेवेसंग केही समय अगाडी प्रकाश नाम गरेको व्यक्तिले ठुलो परिमाणमा रकम माग गरेको खुल्न आएको छ । घटनापछि बसेको नेकपा माई नगरपालिका कमिटी र सचिवालयको बैठकले घटनाको भत्सर्ना गर्दै बम राख्नेलाई खोजी गर्न माग गरेको छ ।