Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

वडा कार्यालय, क्रिकेट मैदान र स्वास्थ्य चौकी भवन निर्माणका जग्गादातालाई सम्मान

वडा कार्यालय, क्रिकेट मैदान र स्वास्थ्य चौकी भवन निर्माणका जग्गादातालाई सम्मान

  • स्मिता देवान राई
  • सोमबार, भाद्र ३० २०७६


वडा कार्यालय, क्रिकेट मैदान र स्वास्थ्य चौकी भवन निर्माणका जग्गादातालाई सम्मान

फिक्कल । इलामको सुर्योदय नगरपालिका भित्र विभिन्न सरकारी तथा सेवा मुलक संस्थाको भवन निर्माणको लागि जग्गा दान गर्ने दातालाई सम्मान गरिएको छ ।


पुर्व प्रधानमन्त्री तथा ईलाम प्रतिनिधि क्षेत्र नं १ माननीय सांसद झलनाथ खनालले जग्गादातालाई सम्मान पत्र प्रदान गरे ।


सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गादेवि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यलय ,स्वास्थ्य चौकी लगायतका भवनहरु निर्माणका लागि निशुल्क जग्गा दान गर्नुहुने ३९ जना दातालाई सम्मान गरिएको सविना चौलागाईले जानकारी दिइन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय सरकारलाई स्थापित र बलियो बनाउन जग्गा दान गर्ने सम्पूर्णको योगदान स्मरणिय हुने बताए ।


तीनै तहको सरकार गठन भएपछि विकासको लहर चलेकाले सम्पूर्ण जनप्रतिनिधिहरु र जनता एक भएर लाग्नुपर्ने खनालको भनाइ छ ।


जग्गा दाताको तर्फबाट सम्मान कार्यक्रममा जग्गादाताको तर्फबाट लोकनाथ खड्काले जग्गा दान गर्ने व्यक्तिको योगदानलाई सम्झेर सम्मान गरेकोमा धन्यवाद दिएका थिए ।


कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले प्राप्त भएको जग्गामा सेवामुलक कार्यालय र अन्य संरचना निर्माण गरिने भएकाले नगरपालिकाको विकासमा महत्वपूर्ण योगदान रहने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार