कोल्बुङ । इलामको रोङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोङ गाउँपालिका स्थित सिस्ने भन्ने स्थानको कच्चि सडकमा शिशिरेबाट जुरेतर्फ बाँस बोकेर जाँदै गरेका मे १ ख २२५६ नम्बरकाे ट्रक दुर्घटनामा परेको हो ।
शुक्रबार साँझ ६ बजेर ४५ मिनेटको समयमा ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका जवान रिद्धि खनालले जानकारी दिए । दुर्घटनामा झापा बुद्धशान्ति ५ बस्ने अन्दाजि २५ वर्षिय रविन नेपालको मृत्यु भएको हो । दुर्घटनामा झापा वुद्धशान्ति ५ बस्ने नरेश खड्का र रमेश चौहान घाइते भएको र झापातर्फ उपचारका लागि लगिएको छ ।
ट्रकमा सवार झापा दमक ५ बस्ने ४० वर्षिय ध्रुब कार्कीको भने दुर्घटनास्थलमा खोजिकार्य भइरहेको र यो समाचार तयार पार्दासम्म फेला नपरेको प्रहरीले जनाएको छ ।