गोर्खे । सूर्योदय नगरपालिका वडा १ स्थित ऐतिहासिक गोर्खे बजारमा निर्माणाधिन बाह्रमासे सडकको अनुगमन गरिएको छ । इलाम जिल्लाको राणाकालिन ऐतिहासिक गोर्खे बजारभित्र कालोपत्रे सडक र ऋषिमोड–मानेभञ्ज्याङ बाह्रमासे सडकको अनुगनमन गरिएको हो ।

नगरप्रमुख रण वहादुर राई, भौतिक पूर्वाधार समितिका संयोजक होम कार्की, वडा नम्बर एकका वडाध्यक्ष राजकुमार सेरेङ लगायतको टोलीले सडकको निर्माणको बारेमा अनुगमन गरेको थियो । वडाध्यक्ष राजकुमार सेरेङका अनुसार वडा नम्बर एकको बजेटबाट संचालित ऋषिमोड–मानेभञ्ज्याङ बाह्रमासे सडक ५० लाखमा निर्माण हुँदै आएको छ भने ऐतिहासिक गोर्खे बजारभित्र कालोपत्रे सडक ठेक्का मार्फत भइरहेको छ ।

ठेक्का मार्फत भइरहेको ऐतिहासिक गोर्खे बजारभित्र कालोपत्रे सडक नगरपालिका अन्तरगतको कार्यक्रम हो । गोर्खे बजार भित्रको ५ सय २५ मिटर कालोपत्रे र ऋषिमोड–मानेभञ्ज्याङ बाह्रमासे सडकमा निर्माण नगरपालिका र वडा कार्यालयको गरि दुई करोड ५० लाख रुपैयाँ खर्च हुनेछ । दुवै काम निर्माण कम्पनीसँग संझौता गरि काम भइरहेको नगर प्रमुख रणबहादूर राईका स्वीकिय सचिव दिपेश राईले बताए ।