Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जन्मदिनको अवसरमा इलामका पत्रकार तिमसिनाद्धारा राहसलमा शैक्षिक सामग्री प्रदान

जन्मदिनको अवसरमा इलामका पत्रकार तिमसिनाद्धारा राहसलमा शैक्षिक सामग्री प्रदान

  • सन्देस सम्बाददाता
  • सोमबार, भाद्र २ २०७६


जन्मदिनको अवसरमा  इलामका पत्रकार तिमसिनाद्धारा राहसलमा शैक्षिक सामग्री प्रदान

इलाम । जन्मदिनको अवसरमा इलामका पत्रकार सुजन तिमसिनाले इलामको राहसल बाल अनाथलयमा शैक्षिक सामग्री प्रदान गरेका छन् । इलाममा पत्रकारीता क्षेत्रमा सक्रिय रहेका तिमसिनाले एक कार्यक्रमका बिच अनाथलयका सचिव राजेन्द्र चौहानलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।


शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा अनाथलयका सचिव राजेन्द्र चौहानले अनाथलयको भौतिक संरचना निर्माण र आर्थिक श्रोत संकलनका लागि संचार क्षेत्रले कलम मार्फत सहयोग गरेकोमा प्रसंशा गरेका थिए । चौहानले भने– अनाथलयको समस्याका कुरा समाचारको माध्यमबाट प्रकाश पर्दा सहयोगी हातहरु जुटेकाले आगामी दिनमा संचार क्षेत्रबाट थप सहयोगको अपेक्षा गरिएको छ ।


कार्यक्रममा पत्रकार सुजन तिमसिनाले जन्मदिनको अवसरमा धेरै नेपालीले ठुलो धनरासी खर्च गरेर पार्टी दिने गरेपनि आफुले अनाथ बालबालिकालाई सहयोग पुग्ने हिसाबले शैक्षिक सामग्री प्रदान गरेको बताएका थिए । तिमसिना नेपाल टेलिभिजन इलामका सम्बाददाता हुन् भने उनकै सम्पादनमा इलामको सूर्योदय नगरपालिकाबाट स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कम अनलाइन पत्रिका संचालित छ ।


नेपाल पत्रकार महासंघ इलामका शाखाका उपाध्यक्ष रहेका तिमसिना पछिल्लो समय डकुमेन्ट्रिको लेखन र निर्देशन पनि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार