Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

श्रीअन्तुका राई भद्रपुर विमानस्थलबाट पक्राउ

श्रीअन्तुका राई भद्रपुर विमानस्थलबाट पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १६ २०७६


श्रीअन्तुका राई भद्रपुर विमानस्थलबाट पक्राउ

विर्तामोड :  जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोली सहित एक जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो १ बजे विमानस्थलमा जेकचाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेश राईलाई गोली सहित नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोली सहित पक्राउ परेका राईलाई झापा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । राई आज दिउँसो १ः३० बजेको सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा थिए । (इजलास अनलाइन)

प्रतिक्रिया
सम्बन्धित समाचार