इलाम : इलाममा सवारी नियम मिच्ने १३ हजार ६ सय १० सवारी साधनलाई कारबाहि गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले गत वर्ष ०७५÷०७६ मा इलामको सडकमा नियम वितरित चल्ने सवारीलाई कारबाहि गरेको हो । १३ हजार छ सय १० सवारीबाट कार्यालयले ८० लाख १४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख दिलिपकुमार चौधरीले वताए ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सवारी नियम मिच्नेमा जिप, कार, भेन रहेका छन् । एक बर्षमा ५ हजार ४ सय ९५ वटा जिप, कार, भेनले सवारी नियम मिचेको वताइएको छ । ५ हजार एकसय २२ वटा मोटरसाईकल, एकहजार ९ सय ४ वटा ट्रक, ४ सय ४० वटा बस, ६ सय ४९ वटा टयाक्टरले सवारी नियम मिचेको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्ष ०७४÷०७५ मा भने १४ हजार ९ सय ८६ सवारी साधन कार्वाहीमा परेका थिए । जसबाट ८१ लख ९२ हजार रुपैंयाँ राजश्व संकलन भएको थियो । ट्राफिक प्रहरीको चार आर्थिक बर्षको तथ्याङ्कलाइृ हेर्दा सबैभन्दा बढी आर्थिक बर्ष ०७२÷०७३ मा १५ हजार ६ सय २८ सवारी साधनले सवारी नियम मिचेको तथ्यांकमा उल्लेख छ ।
सो आर्थिक बर्षमा प्रहरीले ५१ लख ७० हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै ०७३÷०७४ मा ९ हजार ६ सय ५५ ले सवारी नियम मिच्दा ५३ लाख ८२ हजार ५ सय रुपैंयाँ राजश्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीको तथ्याङ्कले सवारी नियम मिच्ने सवारी साधन बढ्दो क्रममा देखिएको छ । तर ट्राफिक प्रहरी भने सवारी कार्वाहरीमा राजश्व बढेको र ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाएको छ ।
चार बर्षको तथ्याङ्क अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको सङख्या पनि उच्च् देखिन्छ । चारबर्षमा एकहजार आडसय २५ जना रहेका छन् । जसमा सबैभन्दा बढि गत आर्थिक बर्ष ०७५÷०७६ मै रहेको छ । सो आवमा ८ सय ४० जनाले मापसे गरेर सवारी चलाएको तथ्याङ्कमा उल्लेख छ ।
आगामी दिनमा काम कारबाहीलाई अझ सुदृड बनाउन कार्यालय लागि परेको प्रमुख चौधरीले वताए । उनले होडिङ बोड र जनचेतना मुलक कार्यक्रम गरिने समेत जानकारी दिए ।