एकतप्पा । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा पिताम्बरु फाकफोक खोलामा म्याक्स पल्टिएको छ । भारी बर्षाले पछि आएको बाढीले खोला बढेका कारण तर्ने क्रममा गाडी पल्टिएको स्थानिय पञ्च योङहाङले बताए । गाडी नम्बर भने खुल्न सकेको छैन । दुर्घटनामा कुनै मानविय क्षति भने भएन । फाकफोकथुम क्षेत्र भौगोलिक रुपमा विकट भएकाले बर्खाको समयमा बिरामी पर्दा स्टेचर वा डोकोमा बोक्नु पर्ने बाध्यता रहेको छ । जनतालाई सास्तीबाट मुक्त गर्न पुल निर्माणका लागी सम्वन्धित निकायमा पहल गरिदिन योङहाङले आग्रह गरेका छन ।
