इलाम । सोमबार एकै दिन प्रदेश १ का तीन जिल्लामा मदन भण्डारी स्पोर्टस् एकाडेमी पुन गठन गरिएको छ ।झापा, इलाम र सुनसरीमा एकाडेमीलाई पुनः गठन गरिएको हो । इलाममा जिल्ला शाखाको अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा सोम राई, सेवक देवान र विप्लव थापा, सचिवमा अभिषेक पौडेल, सह–सचिवमा सुनिल दास र मनिषा अधिकारी, कोषाध्यक्ष नयन राई निर्वाचित भएका छन् ।
समिती २९ सदस्यीय रहेको छ । झापामा चन्द्र प्रसाईको अध्यक्षतामा २९ सदसीय कमिटी निर्वाचित भएको छ । ज्ञानेन्द्र राई उपाध्यक्ष, सचिवमा दिपक वराल, सहसचिवमा दिगम पराजुली, कोषाध्यक्षमा रोजिना पाण्डे निर्वाचित भएका छन् । सुनसरीमा होमनाथ धमलाको अध्यक्षतामा २५ सदसीय समिति निर्वाचित भएको छ । जसको उपाध्यक्ष अरुण राई, सचिवमा सुरेश चापागाई, सह–सचिवमा ऋतिक यादव र कोषाध्यक्ष रमेश सावाँ लिम्बु रहेका छन् । सो एकेडेमी स्वर्गिय मदन भण्डारीको स्मरणमा स्थापना गरिएको संस्था हो ।