इलाम, २ असार । प्रथम जुविलेन्ट इलाइट अन्तर सदन बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । बास्केटबल इलामको प्राविधिक सहयोगमा भएको २ दिवसिय प्रतियोगितामा पुरुष तर्फ पहेलो र महिला तर्फ निलो सदनले उपाधी रक्षा गरेका छन ।
सिनियर पुरुष तर्फ हरियो सदनलाई १८–११ ले हराउदै पहेलोले उपाधी जितेको हो । त्यस्तै जुनियर पुरुष तर्फ पहेलोले हरियोको चुनौती १२–१ को फराकिलो अन्तरले पन्छाउदै उपाधी अग्रता कायम गरेको हो । गल्स तर्फ निलो सदनले अतिरिक्त समयमा रातो सदनलाई ४–२ ले पराजित गर्दै उपाधी जितेको हो । ४ पुरुष र २ महिला सदन सहभागी रहेको प्रतियोगिताको अध्यक्षता दिपराज आङदाम्बे रहेका थिए । प्रहरी उपरिक्षक शुसिल कुमार यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कार्यालय सचिव अमृता, घिमिरे, जिल्ला शिक्षा कार्यालयका डम्बर सुवेदी, बास्केटबल इलामका संयोजक रोहन आर्चाय लगायतको आतिथ्यता रहको थियो ।
इलामको बास्केटबलको विकासका लागी प्रतियोगिता आयोजना भएको विद्यालयका प्रिन्सिपल भुषण लिम्बुले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिजय भुजेललाई बास्केटबल इलामको तर्फबाट इलाम टिमको जर्सी प्रदान गरिएको थियो ।