Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

चार थान भरुवा बन्दुक सहित इलाममा २ जना पक्राउ

चार थान भरुवा बन्दुक सहित इलाममा २ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ३१ २०७६


चार थान भरुवा बन्दुक सहित इलाममा २ जना पक्राउ

इलाम । इलाम नगरपालिका–३ मकैबारीमा ४ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा इलामको सन्दकपुर गाँउपालिका–१ बस्ने ३५ बर्षिय रामकुमार राई र २७ बर्षिय मिनकुमार फागो रहेका छन । इलाम र पाँचथरको सिमा क्षेत्रमा शंकास्पद गतिविधी भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी पौवा पाँचथरको संयुक्त टोलीले ४ थान बन्दुक र सोमा प्रयोग हुने बारुद, फलामका टुक्रा लगायतका खरखजना बरामद गरेको हो ।
गस्ती टोलीले खड्ग बहादुर राई र सनम फागोको गोठ खानतलासी गरेको थियो । खानतलासीकै क्रममा राम कुमार राई बसेको गोठमा बारुद लोड भएको भरुवा बन्दुक एक थान र फलामका टुक्रा तथा बारुद फेला परेको थियो । त्यसैगरी मिन कुमार फागो बसेको गोठ बाट बारुद लोड भएको एक थान भरुवा बन्दुक र लोड नभएको २ थान भरुवा बन्दुक सहित सोमा प्रयोग हुने बारुद, फलामको टुक्रा लगायतका खरखजना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
हतियार अबैध रहेकोले उक्त हतियार तथा प्रयोगकर्ता ब्यक्ति,समुह र प्रयोजन को बिषयमा अबैध हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार