Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढीपहिरो र डुबानले ४० जनाको ज्यान गयो, २४ जना बेपत्ता

बाढीपहिरो र डुबानले ४० जनाको ज्यान गयो, २४ जना बेपत्ता

  • लोकल सन्देश
  • आइतबार, असार २९ २०७६


बाढीपहिरो र डुबानले ४० जनाको ज्यान गयो, २४ जना बेपत्ता

काठमाडौँ  । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा , इला मा ४÷४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३र३, धादिङ र सिन्धुलीमा २ र २, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप,  झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १र१ जनाको ज्यान गएको छ ।

सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १र१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १र१ जना घाइते भएका छन् । स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार