Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका युवा नेता तथा समाजसेवी डम्बर खड्कालाई राष्ट्रिय सम्मान

इलामका युवा नेता तथा समाजसेवी डम्बर खड्कालाई राष्ट्रिय सम्मान

  • सन्देस सम्बाददाता
  • शनिबार, असार २१ २०७६


इलामका युवा नेता तथा समाजसेवी डम्बर खड्कालाई राष्ट्रिय सम्मान

काठमाडौं  । इलामका अग्रणी युवा समाजसेवीलाई शनिबार काठमाडौंमा राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

ब्लुरेन एजुकेशन फाउन्डेसनले आयोजना गरेको ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसर पारेर नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्का र तथा निर्माण व्यवसायी दीपक गौतमलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

समाज सेवा तथा निर्माण व्यवसायी क्षेत्रमा लागेर प्राकृतिक प्रकोप पीडित, असक्त असाहय र उपचार गर्न नसकेको रोगीहरु, बृद्धाहरुलाई सहयोग प्रदान गर्नुका साथै सूयोदय नगरपालिकामा १०८ फिटको बुद्धको मुर्ति निर्माण गर्ने र मोनोरेल संचालन गर्ने तयारी थालेका नेता तथा समाजसेवी खड्कालाई उक्त सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा इलामकै कुनाल राई, सिद्ध गिरी, गायक इन्द्र गुरुङलगायतलाई पनि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र गीतकार बुद्धवीर लामाले संयुक्त रुपमा सम्मान प्रदान गरे । oniline

प्रतिक्रिया
सम्बन्धित समाचार