Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची भन्सारमा इलामका उद्योगको एक करोड बराबरको चिया नष्ट

मेची भन्सारमा इलामका उद्योगको एक करोड बराबरको चिया नष्ट

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ३० २०८२


मेची भन्सारमा इलामका उद्योगको एक करोड बराबरको चिया नष्ट

इलाम । मेची भन्सार कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी गर्दा करिब १ करोड मुल्य बराबरको चिया नष्ट भएको छ । निर्यातका लागि भन्सार पुगेको इलामका विभिन्न उद्योगको करिब २५ हजार केजी चिया आगजनीका कारण नष्ट भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

‘एसोसिएसनमा आवद्ध भएको समर भ्याली टीको ९ हजार केजी र श्रीअन्तु गोर्खाको ६ हजार नष्ट भएको छ । एसोसिएनमा आवद्ध नभएको दाजुभाई टि र अन्य उद्योगको गरेर करिब २५ हजार केजी नष्ट भएको छ ।’ उनले भने

विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्टेलले बताए । उनले भन्सार खेल्ने आशमा किसानहरुलाई हरियोपत्ती टिप्नका लागि आग्रह गरिएको बताए ।

‘ आन्दोलनपछि उद्योगहरु खुलेका छन् । भन्सारबाट आगामी दिन सहज हुने अपेक्षाका साथ किसानहरुलाई हरियोपत्ती टिप्न भनिएको छ । ’ उनले भने ‘अब तयारी गरेर राख्नुको विकल्प छैन । चिया क्षेत्रलाई ठूलो घाटा भएको छ ।’

झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा पनि ३७ करोड ४८ लाख २४ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार