रोङ । शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्यले रोङ गाउँपालिकाले गत बर्ष देखि नै अभिभावक शिक्षा तथा अध्यक्ष संग बिद्यार्थी कार्यक्रम अन्तर्गत रु १ बचत कार्यक्रम संचालन गर्दै आएको छ। यसै कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालको मेसेन्जर ग्रुपमार्फत अभिभावक, शिक्षक र विद्यार्थीबीच नियमित सम्पर्क र समन्वय स्थापना गर्न नयाँ कार्यक्रम सुरु गरेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो (सुवास) का अनुसार, यस किसिमको पहलमार्फत विद्यार्थीको अध्ययन–अभ्यासमा अभिभावकको सक्रिय भूमिका सुनिश्चित हुने साथै, गृहकार्य, पठन–पाठन सम्बन्धी सूचना र शैक्षिक सल्लाह तुरुन्त आदान–प्रदान गर्न सकिने र शैक्षिक गुणस्तर सुधार गर्ने यो अभियानले विद्यालय र बिद्यार्थी बिचको दूरी घटाउने अपेक्षा गरिएको छ।
विद्यार्थीको शैक्षिक उपलब्धि वृद्धि गर्ने लक्ष्य सहित रोङ गाउँपालिकाले नयाँ शैक्षिक पहल सुरु गरेको हो । अभिभावक शिक्षा’ शीर्षकमा सुरु गरिएको यो अभियानमा सामाजिक सञ्जालको मेसेन्जर ग्रुपलाई मुख्य सञ्चार माध्यमका रूपमा प्रयोग गरिएको छ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुति तामाङका अनुसार, यो कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीलाई एउटै मेसेन्जर ग्रुपमा समावेश गरिनेछ। यसले पठन–पाठन, गृहकार्य, परीक्षा तालिका तथा शैक्षिक गतिविधि सम्बन्धी जानकारी तत्काल आदान–प्रदान गर्न सहज हुनेछ ।
विद्यालय मात्र होइन, घरमा पनि अध्ययन वातावरण बनाउन अभिभावकको सक्रिय सहभागिता आवश्यक छ,” गाउँपालिका का अध्यक्ष स्याङ्बो ले भने ‘त्यही कारण हामीले अभिभावक शिक्षालाई प्राथमिकतामा राखेका हौ ।’
यस कार्यक्रमका मुख्य उद्देश्य विद्यार्थीको अध्ययनमा अभिभावकको सीधा निगरानी र सहभागिता बढाउने।शिक्षक, अभिभावक र विद्यार्थीबीच द्रुत र नियमित सम्पर्क कायम गर्ने।गृहकार्य, पाठ्यक्रम र शैक्षिक समस्या समाधानका लागि तत्काल सन्देश आदान–प्रदान गर्ने भएकोले यो कार्यक्रम सफल हुने र शैक्षिक अबस्थामा आमुल परिवर्तन हुने बताए ।
यसै बिच स्थानीय अभिभावकहरूले पनि यस पहलको स्वागत गरेका छन्। उनीहरूको भनाइमा, यसले बालबालिकाको अध्ययनप्रति आफूहरू अझ सचेत र जिम्मेवार बन्ने राय राखेका छन।
यस्तै बैज्ञानिक तरिकाबाट शिक्षा क्षेत्र मा गरिएको योगदानलाई कदर गर्दै प्रध्यानध्यापक संघ नेपाल ले कोशी प्रदेशमा पालिका लाई उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत समेत गरेको छ।
यस किसिमको योजनाले शैक्षिक क्षेत्रका विज्ञहरूको मूल्याङ्कनमा, यस प्रकारको डिजिटल सम्पर्क प्रणालीले ग्रामीण क्षेत्रमा पनि शिक्षा सुधारको नयाँ ढोका खोल्ने सम्भावना रहन्छ।