Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ विराटकाे अनुवादमा अब नेपाली भाषामा

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ विराटकाे अनुवादमा अब नेपाली भाषामा

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ५ २०८१


डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ विराटकाे अनुवादमा अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित बिष्टको ९८ औँ जन्मदिवसको अवसर पारि किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोरबहादुर बिष्ट फाउण्डेसनबीच सम्झौता भएको छ ।

अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ । प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भूपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए ।

अनुवादक अनुपमले आफू डोरबहादुर बिष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।
डोरबहादुर बिष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर बिष्टले बुवाका बारे विदेशका विश्वविद्यालयहरुमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले अनिवार्य पढ्नुपर्ने बताए ।

उनले आम नेपाली भाषाका पाठक समक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेसमान गुरुङले आफूले बिष्टसँग लामो समय काम गरेको अनुभव सुनाउँदै बिष्ट पठनमा उन्मुख गराउने व्यक्ति रहेको स्मरण गरे ।

डोर बहादुर बिष्टको जीवनसँग सम्बन्धित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ समेत देखाइएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार