Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट

इलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ९ २०८०


इलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट

इलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट भएको छ ।
इलामको माईजोगमाई गाउँपालिका–२ खोल्ने बस्ने ४६ वर्षीय मनोज राई र सिन्धुलीको तिनपाटन गाउँपालिका–९ आमबोटे बस्ने कासिनाथ सापकोटाको घरमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीका अनुसार राईको खुसी डेरीउद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ३४ लाख ६२ हजार रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको र सापकोटाको घरमा विद्युत सर्ट भई घर र गोठमा आगलागी हुँदा करिब सात लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार