सन्दकपुर (माबु) । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर वडा नम्बर ४ को माबुमा होमस्टे (घरबास) सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र होमस्टे महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ र वडा नम्बर २ का अध्यक्ष सनम राईले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।

पर्यटन कार्यालय काकरभिट्टा प्रमुख प्रभात भट्टराईको अध्यक्षता भएको कार्यक्रममा वन वातावरण तथा पर्यटन मन्त्रालयका अधिकृत हेमराज अर्याल सन्दकपुर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, २ का अध्यक्ष सनम राई, होमस्टे महासंघ प्रदेश अध्यक्ष लिला भट्टराई, पर्यटन कार्यालय काँकरभिट्टाका निरोज कट्टेल लगायतले तालिमको सीप प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

अभिमुखिकरणमा पर्यटन मन्त्रालयका हेमराज अर्याल, होमस्टे महासंघ अध्यक्ष लिला भट्टराई , पर्यटन प्रहरी काँकरभिट्टाका प्रमुख किरण अधिकारी, पर्यटन कार्यालयका निरोज कट्टेलले सहजिकरण गरेका थिए ।
अभिमुखिकरणमा सरकारको निति कार्यक्रम, पर्यटन प्रवद्र्धनका लागि खेल्नुपर्ने भुमिकाका बिषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सन्दकपुर गाउँपालिका, पाँचथर, ताप्लेजुङ्ग, झापा जिल्लाका होमस्टे व्यवसायीहरुको सहभागिता रहेको छ ।















