Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माईमा प्राथमिक उपचार तालिम शुरु

माईमा प्राथमिक उपचार तालिम शुरु

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस ७ २०८०


माईमा प्राथमिक उपचार तालिम शुरु

माई । नेपाल रेडक्रस सोसाइटी दानावारी उपशाखाको आयोजनामा सञ्चालित तीन दिने आधारभूत प्राथमिक उपचार तालिम शुक्रबार माई नगरपालिका इलाममा शुरु भएको छ।

माई नगरपालिका इलामको सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामको सहजीकरणमा शुरु भएको तालिम उद्‌घाटन कार्यक्रम दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमको सभापतित्व, सचिव हरि प्रसाद गुरागाईको सञ्चालन र उपाध्यक्ष रन्जना थापाले स्वागत गरेकी थिइन् ।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आथित्यतामा शुरु भएको तालिम उद्घाटन कार्यक्रममा सहभागीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उद्घाटन कार्यक्रममा रेडक्रस दानाबारी उपशाखा पुर्व सभापति कृष्ण खाकी, वर्तमान कोषाध्यक्ष सेतु तामाङ, राधा तामाङ, महिला विभाग प्रमुख उर्वशी पराजुली गौतम, माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल लगायतको सहभागिता रहेको थियो।

तालिमलाई रेडक्रस इलाम जिल्ला कोषाध्यक्ष विजयशेखर भट्टराई, प्रशिक्षक रोम आचार्य र बसन्त तिम्सिनाले सहजीकरण गरिरहेका छन् ।

सडक दुर्घटना र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सक सम्म पुर्याउनु पुर्व घाइते वा विरामीहरुको अवस्था बिग्रीन नदिन प्राथमिक उपचार कसरी गर्ने , प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम संचालन शुरु गरिएको छ ।

तालिममा माई नगरपालिका भित्रका प्रत्येक वडा, माध्यामिक विधालय र स्वास्थ्य संस्थाबाट गरि २४ जनाको सहभागिता रहेको उपशाखा सभापति मित्र प्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार