Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ४ माबुमा होमस्टेको अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर ४ माबुमा होमस्टेको अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ६ २०८०


सन्दकपुर ४ माबुमा होमस्टेको अभिमुखिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर (माबु) ।  इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर वडा नम्बर ४ को माबुमा होमस्टे सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र होमस्टे महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए ।

पर्यटन कार्यालय काकरभिट्टा प्रमुख प्रभात भट्टराईको अध्यक्षता भएको कार्यक्रममा वन वातावरण तथा पर्यटन मन्त्रालयका अधिकृत हेमराज अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेली, सन्दकपुर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, कार्यपालीका सदस्य नरमाया थेवे, छत्र दियाली र होमस्टे महासंघ प्रदेश अध्यक्ष लिला भट्टराईले मन्तव्य राखेका थिए ।

अभिमुखिकरणमा पर्यटन मन्त्रालयका हेमराज अर्याल, होमस्टे महासंघ अध्यक्ष लिला भट्टराई , पर्यटन प्रहरी काँकरभिट्टाका प्रमुख किरण अधिकारीले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा सरकारको निति कार्यक्रम, पर्यटन प्रवद्र्धनका लागि खेल्नुपर्ने भुमिकाका बिषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सन्दकपुर गाउँपालिका, पाँचथर, ताप्लेजुङ्ग, झापा जिल्लाका होमस्टे व्यवसायीहरुको सहभागिता रहेको छ । अभिमुखिकरण कार्यक्रम भोलीसम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार