इलाम । प्रदेश नम्वर १ पुन : नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा भएको कोशी प्रदेश बन्दका क्रममा पिकअप जलाएको आरोपमा प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ । गत मंङ्सिर ३० गते साँझ साढे ६ बजेको समयमा मेची राजमार्गको किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्वरको पिकअप बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै जलाएका थिए ।
मेची राजमार्गमा पराल बोकेको गाडीमा आगजनी

पक्राउ परेका राई राष्ट्र, राष्ट्रियता, धर्म , संस्कृति र नागरिक बचाउ अभियान अन्तरगत नागरिक युवा दस्ताका मेचीनगर संयोजक समेत रहेको बताइएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाइएको बताइएको छ ।