Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इरौंटारमा स्वास्थ्य, पशुस्वास्थ्य र कृषि सेवा दिन निःशुल्क शिविर

इरौंटारमा स्वास्थ्य, पशुस्वास्थ्य र कृषि सेवा दिन निःशुल्क शिविर

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २ २०८०


इरौंटारमा स्वास्थ्य, पशुस्वास्थ्य र कृषि सेवा दिन निःशुल्क शिविर

रोङ : इलामको रोङ गाउँपालिका–५, इरौंटारमा स्वास्थ्य जाँच, पशुस्वास्थ्य र कृषि सेवाका लागि निःशुल्क शिविर आयोजना गरिने भएको छ । पालिकाको ‘रोगको खोजी’ वार्षिक कार्यक्रमअन्तर्गत आउँदो शनिबार ९पुस ७ गते० शिविर सञ्चालन गरिने भएको हो । शिविरमा मुटु, क्यान्सर, पाठेघरको क्यान्सर, नाक–कान–घाँटी, बालरोग र आँखा रोगको उपचारका लागि विशेषज्ञ सेवा दिइने रोङ गाउँपालिकाले जनाएको छ ।

यस्तै, पशुको ओपिडी, बन्ध्याकरण, रेबिजविरुद्धको खोप, आन्तरिक–बाह्य परजीवी औषधि र गोबर परीक्षण सेवा पनि शिविरमा उपलब्ध हुने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो ९सुवास०ले बताए । शिविरमा किसानको माटो परीक्षण, बाली संरक्षण, औषधि स्याम्पल र विज्ञरप्राविधिक परामर्श सेवा पनि उपलब्ध हुने उनको भनाइ छ ।

रोङ गाउँपालिका र रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब सुरुङ्गा, नेपाल क्यान्सर फाउन्डेसन र झापास्थित नेपाल हार्ट फाउन्सेडनको साझेदारी तथा बिएन्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

पालिका अध्यक्ष स्याङ्बोका अनुसार शिविरमा रोङ वडा ५, वडा ३ र ४ का प्युरे, मझुवासहित वडा ६ का कुवापानी र लामिटारका सेवाग्राही लाभान्वित हुनेछन् । शिविरकै अवसर पारेर ज्येष्ठ नागरिकलाई रेडियो वितरणसमेत गरिने अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार