Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

खाध्यबालि उत्पादन नहुने लेकाली किसानको आम्दानीको श्रोत किबि फल

खाध्यबालि उत्पादन नहुने लेकाली किसानको आम्दानीको श्रोत किबि फल

  • सुजन तिमल्सिना
  • शुक्रबार, मंसिर २९ २०८०


खाध्यबालि उत्पादन नहुने लेकाली किसानको आम्दानीको श्रोत किबि फल

इलाम । खाध्यबालि उत्पादन कम हुने इलामका उच्च पहाडी क्षेत्रका किसानले किबि फललाई आम्दानीको श्रोत बनाएका छन् । खाध्यबाली खेती गर्दा वर्षभरी खान नपुग्ने जग्गामा व्यवसायीक किबि खेतीबाट किसानले लाखौँ आम्दानी गर्न थालेका हुन् ।
सन्दकपुर ३ का टिकाराम खतिवडा पेशाले शिक्षक हुन् । बिहान १० बजेबाट ४ बजेसम्म स्थानीय सस्कृत माध्यमिक विद्यालयमा खटिन्छन् । तर उनी बिहान बेलुकी कृषि कर्ममा हुन्छन् । बिहान बेलुकीको फुर्सदिलो समयको उपयोग गर्दै खतिवडा व्यवसायीक रुपमा किबि खेती गर्दै आएका छन् ।
१२ बोट विरुवाबाट १३ वर्ष अघि किबि खेती शुरु गरेका खतिवडाको बगानमा अहिले २ हजार बोट छन् । त्यसबेला इलाममा कसैले किबि खेती गरेको थिएन । किबिका बिरुवामा रोग किराको प्रकोप नभएकाले राम्रो आम्दानी खतिवडाले गर्दै आएका छन् ।
खाध्यबाली उत्पादन नहुने जग्गाको उपयोग गर्दै रोपिएको किबि बगानबाट खतिवडाले बार्षिक ८ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । समुन्द्र सतहबाट २ हजार २ सय मिटर उचाइमा खतिवडाको किबि बगान छ ।
खतिवडाको बगानमा रेड, हेवाड, ब्रुनो, एलिसन, एबोट र मन्टि जातको किबिका बिरुवा छन् । किबिको एक बोटबाट सय किलोसम्म उत्पादन हुन्छ । फुल खेल्ने बेलामा असिना र हावा हुन्डरी नआए राम्रो आम्दानी लिन सकिने भएपछि गाउँका किसानले समेत किबि खेती विस्तार गर्दै आएका छन् ।
सरकारले तालिम, प्रविधि र किबि बगान व्यवस्थापनमा सहयोग गरेपछि गाउँका किसानले किबिलाई आफ्नो आम्दानीको श्रोत बनाएको स्थानीय गेसु खतिवडाले बताए ।
खाध्यबाली उत्पादन गर्दा वर्षभरीको आम्दानी ५० हजारसम्म नहुने सन्दकपुरका उच्च पहाडी क्षेत्रमा किबि खेती किसानको आम्दानीको श्रोत भएको हो । किबि रोपेपछि वर्षमा २ पटक छाँटकाट र मल लगाउनुपर्छ । पाखा, खोल्सा र खालि जग्गामा पनि राम्रो उत्पादन हुनेभएपछि किसानले किबि खेतीलाई स्वरोजगारको माध्यम बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार