Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्लाभरका गुरुङ समुदायले सदरमुकाममा ल्होसार मनाउने

इलाम जिल्लाभरका गुरुङ समुदायले सदरमुकाममा ल्होसार मनाउने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर २९ २०८०


इलाम जिल्लाभरका गुरुङ समुदायले सदरमुकाममा ल्होसार मनाउने

इलाम– इलामका गुरुङ समुदायले आफ्नो सांस्कृतिक पर्व तमु ल्होसार यसपटक इलाम बजारमा मनाउने भएका छन् । उनीहरूले आउँदो पुस १५ गते पर्ने पर्वका अवसरमा पुस १३, १४ र १५ गते विशेष कार्यक्रम आयोजना गरिएको जनाएका छन् । आज बिहीबार  सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी ल्होसा पर्व मूल आयोजक समितिले त्यस अवसरमा आयोजना गरिने विविध कार्यक्रमबारे जानकारी दिएको छ ।

आयोजक समितिका प्रचार संयोजक मानबहादुर गुरुङका अनुसार पुस १५ मा हि–ल्हो ९बिरालो वर्ष०को बिदाइ र मुप्ही ल्हो ९गिद्ध वर्ष०को स्वागतमा ल्होसार मनाइँदैछ । ल्होसार पर्व प्रायः घर–घरमै मनाउने गरिएपनि यो वर्ष जिल्लाभरको गुरुङ समुदाय एकत्रित भएर इलाम सदरमुकाममा मनाउने तयारी भएको उनले जनाए । पर्व अवसरमा कार्यक्रम आयोजना र व्यवस्थापनका लागि पविमाया गुरुङको अध्यक्ष्तामा आयोजक समितिसमे गठन गरिएको छ । समितिको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा हरिबहादुर गुरुङ, सहसचिवमा उमेश गुरुङ र कोषाध्यक्षमा जुली गुरुङ चुनिएका छन् ।

खेलकुद संयोजकमा सन्तोष गुरुङ, स्वयंसेवक संयोजक विनोद गुरुङ, व्यवस्थापन संयोजक नरेश गुरुङ, सांस्कृतिक संयोजक उमेश गुरुङ र प्रचार संयोजक मानबहादुर गुरुङ छानिएको त्यस अवसरमा जानकारी दिइयो । मंसिर १८ मा बसेको गुरुङ समुदायको भेलाले यो वर्षको पर्व इलाम बजारमा मनाउने निर्णय गरेको थियो । आ–आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्दै विविध संस्कृतिबीच सद्भाव, भाइचारा, विश्वबन्धुत्व र सहअस्तित्वका लागि आफूहरूले प्रयास गरेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार