Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०८०


बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । त्यसदिन पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार