Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईका बिद्यार्थी र ५० बर्ष माथिका नागरिकहरुको निःशुल्क आँखा चेक गरिने

माईजोगमाईका बिद्यार्थी र ५० बर्ष माथिका नागरिकहरुको निःशुल्क आँखा चेक गरिने

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २७ २०८०


माईजोगमाईका बिद्यार्थी र ५० बर्ष माथिका नागरिकहरुको निःशुल्क आँखा चेक गरिने

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा आँखा उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ इलाम , लहान आँखा कान उपचार केन्द्र, बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजना र माईजोगमाई गाउँपालिकाको सहकार्यमा कार्यक्रम भएको हो ।

अभिमुखीकरण कार्यक्रममा माईजोगमाई गाउँपालिकाको सम्पूर्ण बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको र ५० बर्ष माथिका नागरिकहरुको आँखा नि:शुल्क चेक गरिने बताइएको छ । शिविर गाउँपालिकाको विभिन्न स्थानमा संचालन गरिने भएको छ । यसैगरी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई आँखा चेक गरेपछि चस्मा समेत निःशुल्क बितरण गरिने जनाइएको छ । चस्माको लागि फिक्कल जानुपर्ने छ । यसैगरी आँखा सगै कान समेत चेक गरिने जानकारी रहेको छ ।

नेत्र ज्योती संघका अध्यक्ष ईन्द्र फुएलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता रहेको थियो । माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई , बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरी माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ६ वटा नै वडाका वडाध्यक्ष , वडा सचिवहरु , कार्यपालिका सदस्यहरु वडा सदस्यहरु लगायत सहभागी थिए । नेत्र ज्योती संघले इलाम नगरपालिका, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा आँखा उपचार केन्द्र संचालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार