Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा महिलालाई अचार बनाउने र नौमती बाजा बजाउने तालिम

सूर्योदयमा महिलालाई अचार बनाउने र नौमती बाजा बजाउने तालिम

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २६ २०८०


सूर्योदयमा महिलालाई अचार बनाउने र नौमती बाजा बजाउने तालिम

फिक्कल : इलामको सूर्योदय नगरपालिकाका महिलालाई अचार बनाउने तालिम र नौमती बाजा बजाउने तालिम दिन थालिएको छ । सूर्योदय १० फिक्कलमा लाप्चा समुदायका महिलालाई मासुको अचार बनाउने तालिम शुरु गरिएको हो ।
तालिममा लाप्चा समुदाय अन्र्तगत वडा नं ९ र १० का महिलालाई किरण शर्माले मासुको अचार बनाउने प्रशिक्षण संचालन गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाले जानकारी दिइन् ।

यस्तै सूर्योदय–९ मा महिला बालबालिका तथा समाज कल्याण शाखा र महिला सृजना सहकारी संस्थाको आयोजनामा नौमती बाजा बनाउने १० दिने तालिम शुरु भएको छ । झापाका टीका सापकोटा प्रसाईं र तारा देबी आचार्यले प्रशिक्षण संचालन गरेका छन् । शाखाले महिलालाई ब्यवसायिक बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार