इलाम : इलाम नगरपालिका वडा न ८ ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै वडाका ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७५ वर्ष माथिका ६० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । यसका साथै जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ ।
जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लागाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष दलमान तामाङले जानकारी दिए । यता नगरपालिकाका उपप्रमुख बिष्णु दाहालले बृद्धबृद्धाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताएकी छन ।
उता न्यानो कपडा पाएसंगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । उनिहरुले भनेका छ्न ‘हामीले वेला वेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’