Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको गन्तव्य चित्रे गुम्बा

पर्यटकको गन्तव्य चित्रे गुम्बा

  • सुजन तिमल्सिना
  • मंगलबार, मंसिर २६ २०८०


पर्यटकको गन्तव्य चित्रे गुम्बा

पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका १ स्थित चित्रे गुम्बा विश्वभरका पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको गुम्बामा नेपाल र भारतको सडक हुँदै विश्वभरका पर्यटकहरु पुग्ने गरेका हुन् ।
चित्रे गुम्बा सूर्योदय नगरपालिका १ मा अवस्थित छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको गुम्बामा बौद्ध शिक्षाको अध्ययन हुन्छ । चित्रे गुम्बा अहिले विश्वभरका पर्यटकहरुको गन्तव्यस्थल पनि बनेको छ ।
भारतको दार्जिलिङ भ्रमण आउने पर्यटकहरु चित्रे गुम्बा घुमेर फर्किने गरेका छन् । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पदयात्रा गर्ने पर्यटकहरुको आकर्षक गन्तव्य पनि गुम्बा भएको छ । गुम्बामा नेपाल र भारतबाट पर्यटकहरु पुग्ने गरेका छन् । नेपाल भारतको सीमा क्षेत्र मानेभञ्ज्याङबाट सन्दकपुर पदयात्रा गर्ने पर्यटकहरुको पहिलो गन्तव्य चित्रे गुम्बा हो । गुम्बामा सिजनमा ६० गाडिसम्म पर्यटकहरु पुग्ने गरेका हुन् ।
चित्रे गुम्बा सूर्योदय नगरपालिका १ स्थित मानेभञ्ज्याङ्ग बजारबाट पदमार्गले जोडिएको छ । सीमावर्ती बजार मानेभञ्ज्याङ्गबाट ३ किलोमिटर यात्रापछि गुम्बा पुगिन्छ । गुम्बा पुग्नका लागि भारत पट्टिबाट पक्कि सडक निर्माण भएको छ । गुम्बा आकर्षक भएकाले पर्यटकको बाक्लो उपस्थिति हुने गरेको हो ।
पर्यटकको आवागम बढेसँगै गुम्बा क्षेत्रमा होटल र होमस्टेहरु खुल्ने क्रम बढेको छ । गुम्बा क्षेत्रमा अहिले १० वटा होटल र होमस्टे संचालनमा रहेका छन् । गुम्बाबाट नेपाल र भारतका सीमा क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । चिसो मौसम र प्राकृतिक सुन्दरतामा रमाउन चित्रे गुम्बा पुग्ने पर्यटकको संख्या बढेको सूर्योदय नगरपालिका १ गोर्खेका पुष्प आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार