Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलामको ऐतिहासिक पर्यटकीय क्षेत्र ‘माङमालुङ’मा पर्यटन मन्त्री किराँतीको पदयात्रा (तस्बिरहरु)

इलामको ऐतिहासिक पर्यटकीय क्षेत्र ‘माङमालुङ’मा पर्यटन मन्त्री किराँतीको पदयात्रा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, मंसिर १९ २०८०


इलामको ऐतिहासिक पर्यटकीय क्षेत्र ‘माङमालुङ’मा पर्यटन मन्त्री किराँतीको पदयात्रा (तस्बिरहरु)
माङ्सेबुङ्ग (माङ्मालुङ) । इलामको ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य माङ्मालुङ क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न थालेको छ । घना जंगलको बिचमा रहेको माङ्मालुङ्गमा पर्यटन पूर्वाधार बिनै किराँत धर्मावलम्विहरु र पर्यटकहरु पुग्न थालेपछि सरकारी निकायसको चासो बढेको छ ।
चारैतिर सुन्दर गाउँ । छेउमा माङमालुङ बजार । अनि लेकाली कटुसको जंगलमा अवस्थित अग्लो  माङ्मालुङ डाँडा । इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा पर्छ माङ्मालुङ डाँडा । माङ्मालुङले बेग्लै पहिचान बोकेको छ ।

ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको माङमालुङमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले पनि चासो पूर्वक पदयात्रा गरे । जैवीक विविधताले भरिपूर्ण मनमोहक माङमालुङबारे स्थानीयले मन्त्रीमाझ सविस्तार वर्णन गरे । चिसो–चिसो मौसम, सिरसिरे हावा अनि माङमालुङ डाँडाबाट देखिने सुन्दर दृश्यले आनन्दित बनाउने स्थानीयको भनाइ छ । पदयात्रा गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले माङ्मालुङ्गको विकासमा पहल गर्ने बताए ।  पदयात्राका क्रममा नेकपा माओवादी केन्द्रका इलाम इञ्चार्ज तथा निवर्तमान प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा कुसलले पर्यटन विकासको उत्कृष्ट गन्तव्य माङ्मालुङ बन्ने बताए ।

धार्मिक तथा पर्यटकीय महत्वको माङ्मालुङ समुन्द्री सतहबाट दुई हजार एक सय मिटरको उचाईमा छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ माङ्सेबुङ गाउँपालिकामा पर्छ । माङ्मालुङ इलाम जिल्लामा रहेका मध्येको एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय गन्तव्य हो ।
तर माङ्मालुङ प्रचारप्रसार, यहाँसम्म जोड्ने सडक संञ्जालको स्तरउन्नती नहुँदा पर्यटकहरुमाझ पहुँच पुग्न सकेका छ्रैनन् । माङ्मालुङमा अवस्थित कान्छि औलाले मात्रै हल्लाउन सकिने ढुङ्गा पर्यटकको  मुख्य आकर्षण हो ।

जंगलको बिचमा जतिसुकै बल प्रयोग गरेर पनि पल्टाउन नसकिने तर कान्छि औलाले हल्लाउन सकिने ढुङ्गाको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धन गर्नुपर्ने राजनीतिक व्यक्तित्व कुलप्रसाद साम्बा ‘कुसल’ उनले बताए । पदयात्रामा क्रममा माङ्सेबुङ्ग गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङले माङ्मालुङको पर्यटन गुरुयोजना निर्माण भएकाले आगामि दिनमा संघीय सरकारबाट बजेट विनियोजन हुनुपर्ने माग गरे ।  पदयात्रामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा निर्वतमान प्रदेशसमा सदस्य धिरेन्द्र सर्मा, नेकपा माओवादी केन्द्र इलाम सह इञ्चार्ज कान्छा लावती, जिल्ला अध्यक्ष बिजय राई, माङ्सेबुङ लक्षुमन रार्ए जनम लगायत पर्यटन विकास समितिका पदाधिकारीहरु, सर्वसाधारणको उपस्थिति रहेको थियो ।

माङ्मालुङबाट पूर्वी नेपालको तराईका भू–भागहरु सहज रुपमा अवलोकन गर्न सकिन्छ । यहाँबाट झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरीलगायत पूर्वी तराईसँग सीमा जोडिएका भारतीय भु–भागहरु, हिमश्रङ्खलाको दृश्यबाट पर्यटक लोभिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार